दफा ५४
संयुक्त रुपमा मुद्दा चलाउन सकिने
(१) देहायका ब्यक्तिहरु उपर एउटै अभियोगपत्र, प्रतिवेदन, उजुरी, फिरादपत्र वा आदेश पर्चाबाट मुद्दा चलाउन सकिनेछः–
(क) एउटै कामको सिलसिलामा एउटै वा विभिन्न कसूर गर्ने ब्यक्तिहरु,
(ख) एउटै कामको सिलसिलामा नभए पनि संयुक्त रुपमा वा मिलोमतोबाट एक वा एकभन्दा बढी कसूर गर्ने ब्यक्तिहरु, वा
(ग) एक अर्कोसँग सम्बन्धित विभिन्न कसूर गर्ने ब्यक्तिहरु ।
(२) देहायका कसूरहरुमा संलग्न ब्यक्तिहरुको हकमा एउटै अभियोगपत्र, प्रतिवेदन, उजुरी, फिरादपत्र वा आदेश पर्चाबाट मुद्दा चलाउन सकिनेछः–
(क) कसूरको उद्योग, दुरुत्साहन वा अपराधिक षडयन्त्र,
(ख) मतियार भएको कसूर,
(ग) कसूरबाट प्राप्त कुनै चीजवस्तु राखेको, किनेको, बेचेको, दिएको वा लिएको कसूर,
(घ) कसूर गर्ने मनसायले कुनै चीजवस्तु राखेको, बेचेको दिएको वा लिएको कसूर, वा
(ङ) कसूरसँग सम्बन्धित कुनै ब्यक्तिलाई लुकाएको वा भगाएको कसूर ।